Logo

मुख्य समाचार

दोहोरो अंकले बढेको सेयर बजारमा एक अर्ब १७ करोडको कारोबार


GDP नेपाल
   २ आश्विन २०८०, मंगलबार


मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से १६.२४ अंकले बढेर एक हजार ९८५.४३ विन्दुमा पुगेको छ ।

बैंकिङ ४, विकास बैंक ५५, फाइनान्स ३३, जलविद्युत् ६४, जीवन बीमा ३९, उत्पादन ३८, माइक्रोफाइनान्स १८, निर्जीवन बीमा ८० र अन्य उपसमूह १ अंकले बढेको छ । होटल तथा पर्यटन ५ र ब्यापार उपसमूह भने २८ अंकले घटेको छ ।  

आज सबैभन्दा धेरै शुभम् पावर, थ्री स्टार हाइड्रो र मेन्छियाम हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । यस्तै, बलेफी हाइड्रो, अभियान लघुवित्त, पिपुल्स हाइड्रो र राप्ती हाइड्रोपावर कम्पनीको सेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढे पनि आज इमर्जिङ नेपाल कम्पनीको सेयर आठ प्रतिशले घटेको छ ।

यस दिन २७२ कम्पनीका ४३ लाख ३६ हजार कित्ता सेयर एक अर्ब १७ करोड रुपैयाँमा कारोबार भएको छ ।  सबैभन्दा धेरै रियायबल नेपाल लाइफ इन्स्योरेन्सको १० करोड छ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

प्रकाशित : २ आश्विन २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह