Logo

मुख्य समाचार

४४ अंकले बढ्यो सेयर बजार, तीन अर्ब २९ करोडको कारोबार


GDP नेपाल
   ४ आश्विन २०८०, बिहिबार


बिहिबार सेयर बजारमा हरियाली छाएको छ । सेयर बजार परिसूचक नेप्से ४४.३४ अंकले बढेर दुई हजार ०२९.७८ विन्दुमा पुगेको छ ।

बैंकिङ ११, विकास बैंक १४२, फाइनान्स ७५, होटल तथा पर्यटन ८२, जलविद्युत् १०९, जीवन बीमा १८०, उत्पादन १४७, माइक्रोफाइनान्स ८२, निर्जीवन बीमा १८७, अन्य ३३ र ब्यापार उपसमूह १० अंकले बढेको छ । 

आज सबैभन्दा धेरै नेशनल हाइड्रोपावर, दिव्यश्वरी हाइड्रो, हिमाल दोलखा हाइड्रो, थ्री स्टार हाइड्रो, मन्दाकिनी हाइड्रो, न्यादी हाइड्रो र खानीखोला हाइड्रो तथा स्वाभिमान लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज एनआईबीएल ग्रोथ फन्ड र अभियान लघुवित्तको सेयर चार प्रतिशतले घटेको छ ।

यस दिन २७८ कमपनीको एक करोड १२ लाख कित्ता सेयर तीन अर्ब २९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सन लाइफ नेपाल इन्स्योरेन्सको २० करोड १८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

प्रकाशित : ४ आश्विन २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह