Logo

सेयर बजार

१९ अंकले घट्यो सेयर बजार, दुई अर्ब ३२ करोडको कारोबार


GDP नेपाल
   ७ आश्विन २०८०, आइतबार


आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से १९.४२ अंकले घटेर दुई हजार ०१०.३५ विन्दुमा पुगेको छ ।

बैंकिङ ५, विकास बैंक ६४, फाइनान्स ३५, होटल तथा पर्यटन ९२, जलविद्युत् ३९, जीवन बीमा १६०, उत्पादन ६१, निर्जीवन बीमा १५६, अन्य १५ र ब्यापार उपसमूह ५४ अंकले घटेको छ । यस्तै, माइक्रोफाइनान्स उपसमूह ३६ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै शुभम पावर कम्पनीको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज स्वरोजगार लघुवित्त, हिमालयन लघुवित्त र एसियन हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशतले बढेको छ ।

यसदिन २८५ कम्पनीको ९० लाख तीन हजार कित्ता सेयर दुई अर्ब ३२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै माछापुच्छ्रे बैंकको १३ करोड २४ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : ७ आश्विन २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह