Logo

मुख्य समाचार

सामान्य अंकले घट्यो सेयर बजार, एक अर्ब ५६ करोडको कारोबार


GDP नेपाल
   ८ आश्विन २०८०, सोमबार


सोमबार सेयर बजार सामान्य अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से ५.८९ अंकले घटेर दुई हजार ००४.४५ विन्दुमा पुगेको छ ।

बैंकिङ ४, विकास बैंक ४, फाइनान्स १, होटल तथा पर्यटन ३४, जीवन बीमा ७९, उत्पादन तथा प्रशोधन २३, माइक्रोफाइनान्स २२, निर्जीवन बीमा ५५, अन्य ३ र व्यापार उपसमूह ६ अंकले घटेको छ । यस्तै, जलविद्युत् उपसमूह भने १९ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै शुभम पावर कम्पनी र थ्री स्टार हाइड्रोपावरको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज माइखोला हाइड्रोपावर, एसियन हाइड्रोपावर, मन्दाकिनी हाइड्रोपावर, इस्टर्न हाइड्रोपावर, हिमालयन लघुवित्त र हिमालय ऊर्जा विकासको मूल्य १० प्रतिशतले बढेको छ ।

यसदिन २८४ कम्पनीको ६५ लाख १६ हजार कित्ता सेयर एक अर्ब ५६ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : ८ आश्विन २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह