Logo

मुख्य समाचार

१८ अंकले बढ्यो सेयर बजार, दुई अर्ब ९ करोडको कारोबार


GDP नेपाल
   ९ आश्विन २०८०, मंगलबार


मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से १८.४५ अंकले बढेर दुई हजार ०२२.९१ विन्दुमा पुगेको छ ।

बैंकिङ २, विकास बैंक १९, फाइनान्स २५, जलविद्युत् ६६, जीवन बीमा १३४, उत्पादन २०, माइक्रोफाइनान्स ४३, निर्जीवन बीमा ५९ र अन्य उपसमूह १२ अंकले बढेको छ । यस्तै, होटल तथा पर्यटन उपसमूह भने १० अंकले घटेको छ ।

आज सबैभन्दा धेरै मेन्छियाम हाइड्रो, मनकामना इन्जिनियरिङ, शुभम पावर, मोलुङ हाइड्रोपावर र स्वाभिमान लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज हिमालयन लघुवित्तको सेयर झण्डै ६ प्रतिशतले घटेको छ ।

यसदिन २८६ कम्पनीको ८७ लाख ४ हजार कित्ता सेयर दुई अर्ब ९ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : ९ आश्विन २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह