Logo

घुमफिर

पर्यटन र संस्कृति ऐन संशोधनको तयारी गरेका छौंः मन्त्री किराती


GDP नेपाल
   १० आश्विन २०८०, बुधबार


काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पर्यटन ऐन संशोधन गर्न आवश्यक रहेको बताएका छन् ।

बुधबार ललितपुरमा विश्व पर्यटन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले २०३५ सालको ऐन बोकेर आजको समयलाई धान्न नसक्ने भन्दै संशोधन गर्न आवश्यक रहेको बताएका हुन् ।

उनले भने, ‘ऐनलाई सच्याउनुपर्ने छ । २०३५ सालको ऐन बोकेर आजको समयलाई धान्न सक्दैनौँ । हामी सबै पर्यटन ऐन र संस्कृति ऐन संशोधन गर्नका लागि समिति बनाइसकेका छौं ।’

उनले कोभिड महामारीका कारण सङ्कटमा धकेलिएको व्यवसाय ९२ प्रतिशतले सुधार भएर लयमा फर्किरहेको बताए । 

उनले भने, ‘कोभिडका कारण हाम्रो मात्र नभएर संसारभरीकै पर्यटन व्यवसाय सङ्कटमा धकेलियो अहिले लयमा फर्किएको छ, आज हामी ९२ प्रतिशतले रिकभर भएका छौं ।’

मन्त्री किरातीले यो वर्षको अन्तिमसम्म पुग्दा लयमा फर्किसक्ने दाबी गर्दै अर्को वर्षदेखि हाम्रो लक्ष्य र योजनाअनुसार अगाडि बढ्ने बताए ।

प्रकाशित : १० आश्विन २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह