Logo

मुख्य समाचार

सेयर बजार राताम्मे, १८ अंकले घट्यो नेप्से


GDP नेपाल
   १० आश्विन २०८०, बुधबार


बुधबार सेयर बजार राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से १८.६० अंकले घटेर दुई हजार ००४.३० विन्दुमा पुगेको छ ।

बैंकिङ ७, विकास बैंक ५३, फाइनान्स २५, होटल तथा पर्यटन ४८, जलविद्युत् ३३, जीवन बीमा ८८, उत्पादन २६, माइक्रोफाइनान्स २९, निर्जीवन बीमा १०० र अन्य २० र व्यापार उपसमूह १४ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै लक्ष्मी भ्यालू फन्ड र शुभम पावर लिमिटेको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज मनकामना इन्जिनियरिङ हाइड्रोपावरको सेयर झण्डै १० प्रतिशतले बढेको छ ।

यसदिन २८२ कम्पनीको ७० लाख ६१ हजार कित्ता सेयर एक अर्ब ८१ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : १० आश्विन २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह