Logo

मुख्य समाचार

सेयर बजार राताम्मे, ३३ अंकले घट्यो नेप्से


GDP नेपाल
   १४ आश्विन २०८०, आइतबार


आइतबार सेयर बजार राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से ३३.२० अंकले घटेर एक हजार ९७१.१० विन्दुमा पुगेको छ । आज सबै उपसमूह घटेका छन् ।

यस्तै, आज सबैभन्दा धेरै सनराइज फर्स्ट म्युचल फन्ड, अपर हेवाखोला जलविद्युत्, एसिएन हाइड्रोपावर, मेन्छियाम हाइड्रोपावर, मनकामना इन्जिनियरिङ र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि सयपत्री हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन ६७ लाख २३ हजार कित्ता सेयर एक अर्ब ८३ करोडमा कारोबार भएको छ । सबैभन्दा धेरै सिटिजन लाइफ इन्स्योरेन्सको १४ करोड ७३ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : १४ आश्विन २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह