Logo

सेयर बजार

सामान्य अंकले बढ्यो सेयर बजार, एक अर्ब ७३ करोडको कारोबार


GDP नेपाल
   १५ आश्विन २०८०, सोमबार


सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से ५.१९ अंकले बढेर एक हजार ९७६.२९ विन्दुमा पुगेको छ ।

बैंकिङ ०.२१, विकास बैंक ५०, फाइनान्स १२, जलविद्युत् १८, जीवन बीमा १०, माइक्रोफाइनान्स १८, निर्जीवन बीमा १५, अन्य ५ र व्यापार उपसमूह ९ अंकले बढेको छ । यस्तै, होटल तथा पर्यटन ४९ र उत्पादन उपसमूह ४ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै सीवाईसी नेपाल लघुवित्त र सयपत्री हाइड्रोपावर लिमिटेडको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज पीपुल्स हाइड्रोपावरको सेयर झण्डै साढे पाँच प्रतिशतले घटेको छ ।

यसदिन २८६ कम्पनीको ५७ लाख ७६ हजार कित्ता सेयर एक अर्ब ७३ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : १५ आश्विन २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह