Logo

सेयर बजार

१७ अंकले घट्यो सेयर बजार, सबै उपसमूह राताम्मे


GDP नेपाल
   १६ आश्विन २०८०, मंगलबार


मंगलबार सेयर बजार राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से १७.५६ अंकले घटेर एक हजार ९५८.७२ विन्दुमा पुगेको छ ।

बैंकिङ ७, विकास बैंक ४६, फाइनान्स २२, होटल तथा पर्यटन ६४, जलविद्युत् २९, जीवन बीमा ८७, उत्पादन ३७, माइक्रोफाइनान्स ३१, निर्जीवन बीमा ७१, अन्य १५ र व्यापार उपसमूह ४२ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै सामुदायीक लघुवित्त वित्तीय संस्थाको सेयर साढे ७ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज समता लघुवित्तको सेयर झन्डै आठ प्रतिशतले बढेको छ ।

यस दिन २८१ कम्पनीको ३९ लाख ६५ हजार कित्ता सेयर एक अर्ब १९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सिटीजन्स लाइफ इन्स्योरेन्सको पाँच करोड ५९ लाख र एनआईसी एसिया बैंकको पाँच करोड ३० लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : १६ आश्विन २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह