Logo

बैंक / बिमा /शेयर

१० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक


GDP नेपाल
   १७ आश्विन २०८०, बुधबार


नेपाल राष्ट्र बैंकले १० अर्ब बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । बैंकले १० अर्ब रुपैयाँको ८ वर्ष अवधि भएको विकास ऋणपत्र २०८८ ‘ङ’ जारी गर्न लागेको हो ।

यस ऋणपत्रको बोलकबोल असोज १८ गते अपरान्ह ३ बजेसम्म हुनेछ । यसको निष्कासन मिति भने असोज १९ गते तोकिएको छ । ऋणपत्रको भुक्तानी अर्धवार्षिक रुपमा हुने र ब्याजमा कर पनि लाग्ने बैंकले जनाएको छ ।

इच्छुक खरिदकर्ताले प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन सकिने सूचनामा उल्लेख गरिएको छ ।प्रतिस्पर्धी र अप्रतिस्पर्धीलाई क्रमशः ८५ प्रतिशत र १५ प्रतिशत छुट्याइएको छ ।

यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर(बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले पनि खरिद गर्ने सक्नेछन् ।

प्रकाशित : १७ आश्विन २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह