Logo

मुख्य समाचार

९ अंकले बढ्यो सेयर बजार, एक अर्ब १८ करोडको कारोबार


GDP नेपाल
   १७ आश्विन २०८०, बुधबार


बुधबार सेयर बजार सामान्य अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से ९.२५ अंकले बढेर एक हजार ९६७.९७ विन्दुमा पुगेको छ ।

विकास बैंक २२, फाइनान्स १७, होटल तथा पर्यटन ७८, जलविद्युत् २८, जीवन बीमा ५२, उत्पादन १६, माइक्रोफाइनान्स १७, निर्जीवन बीमा ६१, अन्य ४ र ब्यापार उपसमूह २३ अंकले बढेको छ । यस्तै, बैंकिङ ०.०७ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै मध्य भोटेकोशी जलविद्युत् र बुद्धभूमि हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि समता घरेलु लघुवित्त कम्पनीको सेयर साढे छ प्रतिशतले घटेको छ ।

यस दिन २८४ कम्पनीको ४३ लाख २३ हजार कित्ता सेयर एक अर्ब १८ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको छ करोड ९३ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : १७ आश्विन २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह