Logo

मुख्य समाचार

दोहोरो अंकले घट्यो सेयर बजार, एक अर्ब १० करोडको कारोबार


GDP नेपाल
   १८ आश्विन २०८०, बिहिबार


बिहिबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से ११.०४ अंकले घटेर एक हजार ९५६.९२ विन्दुमा पुगेको छ ।

बैंकिङ ५, विकास बैंक २८, फाइनान्स ८, होटल तथा पर्यटन ६१, जलविद्युत् १८, जीवन बीमा ६२, उत्पादन ४८, माइक्रोफाइनान्स १७, निर्जीवन बीमा ५२, अन्य ५ र व्यापार उपसमूह ४ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै इन्फिनीटी लघुवित्त वित्तीय संस्थाको सेयर झण्डै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज बाराही हाइड्रोपावर लिमिटेडको सेयर झन्डै साढे नौ प्रतिशतले बढेको छ ।

यस दिन २८० कम्पनीको ३५ लाख ६२ हजार कित्ता सेयर एक अर्ब १० करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : १८ आश्विन २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह