Logo

मुख्य समाचार

सेयर बजार राताम्मे, ३५ अंकले घट्यो नेप्से


GDP नेपाल
   २१ आश्विन २०८०, आइतबार


आइतबार सेयर बजार राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से ३५.६७ अंकले घटेर एक हजार ९२१.२४ विन्दुमा पुगेको छ ।

बैंकिङ १७, विकास बैंक ७१, फाइनान्स ३४, होटल तथा पर्यटन १२२, जलविद्युत् ५७, जीवन बीमा २३८, उत्पादन ६०, माइक्रोफाइनान्स ५८, निर्जीवन बीमा १९१, अन्य २२ र व्यापार उपसमूह ५६ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै हिमालय लघुवित्त वित्तीय संस्था र गरिमा डिभेन्चरको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि बाराही हाइड्रो र सिदार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम टु को सेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यस दिन २८९ कम्पनीको ५८ लाख १५ हजार कित्ता सेयर एक अर्ब ८० करोड १रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको छ करोड ७३ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : २१ आश्विन २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह