Logo

मुख्य समाचार

दोहोरो अंकले घट्यो सेयर बजार, एक अर्ब १७ करोडको कारोबार


GDP नेपाल
   २२ आश्विन २०८०, सोमबार


सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से १२.५८ अंकले घटेर एक हजार ९०८.६६ विन्दुमा पुगेको छ ।

बैंकिङ ८, विकास बैंक १८, फाइनान्स ८, होटल तथा पर्यटन ४९, जलविद्युत् ७, जीवन बीमा १०२, माइक्रोफाइनान्स २८, निर्जीवन बीमा ८१ र अन्य उपसमूह ११ अंकले घटेको छ । यस्तै, उत्पादन ३ र व्यापार उपसमूह १३ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै बाराही हाइड्रोपावर पब्लिक लिमिटेड र हिमालय लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज सयपत्री हाइड्रोपावरको सेयर ६.८८ अंकले बढेको छ ।

यस दिन २८७ कम्पनीको ४३ लाख २७ हजार कित्ता सेयर एक अर्ब १७ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : २२ आश्विन २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह