Logo

बैंक / बिमा /शेयर

५ अर्ब बराबरको ऋणपत्र जारी गर्दै कुमारी बैंक


GDP नेपाल
   २३ आश्विन २०८०, मंगलबार


कुमारी बैंकले कात्तिक २ गतेदेखि ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको हो । बैंकले १० वर्ष अवधिका लागि १० प्रतिशत ब्याजदरमा ‘१० प्रतिशत केबीएल डिभेन्चर, २०९०’ जारी गर्न लागेको हो ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ५० लाख इकाई ऋणपत्र जारी गर्ने छ । जसमध्ये ३० लाख इकाई बैंकले अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बाँकी २० लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । यसबाट ५ प्रतिशत अर्थात् १ लाख कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ ।

कम्पनीको डिवेन्चर बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट रहेको छ ।

ऋणपत्रमा कात्तिक १२ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने कात्तिक १६ गतेसम्म खुला रहनेछ । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम ५ लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।

प्रकाशित : २३ आश्विन २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह