Logo

सेयर बजार

सेयर बजारमा १९ अंकको गिरावट, सबै उपसमूह राताम्मे


GDP नेपाल
   २३ आश्विन २०८०, मंगलबार


मंगलबार सेयर बजार राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से १९.०६ अंकले घटेर एक हजार ८८९.५९ विन्दुमा पुगेको छ ।

बैंकिङ ९, विकास बैंक ३७, फाइनान्स २३, होटल तथा पर्यटन ७९, जलविद्युत् ३६, जीवन बीमा १०८, उत्पादन ६, माइक्रोफाइनान्स २५, निर्जीवन बीमा १६९, अन्य १० र व्यापार उपसमूह २५ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै बाराही हाइड्रोपावर कम्पनीको सेयर साढे सात प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि अपर लाहोरे खोला जलविद्युत् कम्पनीको सेयर झण्डै ६ प्रतिशतले बढेको छ ।

यस दिन २८२ कम्पनीको ४२ लाख ८७ हजार कित्ता सेयर एक अर्ब २८ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीको २० करोड ३७ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : २३ आश्विन २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह