Logo

मुख्य समाचार

५ अंकले बढ्यो सेयर बजार, एक अर्ब ८ करोडको कारोबार


GDP नेपाल
   २४ आश्विन २०८०, बुधबार


बुधबार सेयर बजार सामान्य अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से ५.१६ अंकले बढेर एक हजार ८९४.७६ विन्दुमा पुगेको छ ।

बैंकिङ ०.९५, विकास बैंक ९, फाइनान्स ९, होटल तथा पर्यटन ८९, जलविद्युत् ११, जीवन बीमा ४२, माइक्रोफाइनान्स १६ र अन्य उपसमहू ३ अंकले बढेको छ । यस्तै, उत्पादन ६, निर्जीवन बीमा ६ र व्यापार उपसमूह ३ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै सिटी होटल लिमिटेड, माण्डु हाइड्रोपावर र हाथवे इन्भेष्टमेन्ट नेपालको सेयर १० प्रतिशतले बढेको छ । यस्तै, समता घरेलु लघुवित्त र सयपत्री हाइड्रोपावरको सेयर साढे ९ अंक भन्दा धेरैले बढेको छ । समग्रमा बजार बढे पनि सानिमा जीआईसी इन्स्योरेन्सको सेयर चार प्रतिशत भन्दा धेरैले घटेको छ ।

यस दिन २८२६ कम्पनीको ३७ लाख ३३ हजार कित्ता सेयर एक अर्ब ८ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : २४ आश्विन २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह