Logo

बैंक / बिमा /शेयर

निजी क्षेत्रलाई बेवास्ता गरेर राष्ट्र बैंकले कुनै काम गर्दैन : कामु गर्भनर मिश्र


GDP नेपाल
   २५ आश्विन २०८०, बिहिबार


काठमाडौं । नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर बम बहादुर मिश्रले, क्रस बोर्डर पेमेन्ट सम्झौता नेपालली अर्थतन्त्रका लागि कोसे ढुङ्गा भएको दाबी गरेका छन् ।

बिहीबार काठमाडौंमा आयेजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा उनले, राष्ट्र बैंकले नितीगत व्यवस्था कार्यान्यव र नयाँ योजना निर्माणलाई संगसंगै लगेको दाबी गरे ।

‘नेपाल राष्ट्र बैंकले पोलिसी इम्पलीकेसनमा समावेशितालाई मध्यनजर गर्दै डिजिटाईजेसनलाई व्यापक रुपमा प्रवद्र्धन गर्ने कुरा गरेको छ । नेपाल भारत डिजिटाइजेसनलाई क्रस बोर्डर पेमेन्टमार्फत एमओइ पनि भएको छ । त्यो हाम्रो लागि माइलस्टोन हो ।’ उनले भने ‘वित्तिय समावेशीता डिजिटाइजेसन, हाइड्रो, कृषिलगायतका क्षेत्रमा नेपाल राष्ट्र बैंकले सधै सहकार्य गर्ने छ । देशको तिन चौथाई हिस्सा ओगट्ने निजी क्षेत्रसंग एक्सक्लुड गरेर नेपाल राष्ट्र बैंकले कहिले पनि काम गर्दैन् । ’

नेपाल राष्ट्रबैंक देशमा पर्न गएको आर्थिक समस्या समाधानका लागि आवश्यक काम गर्न तयार रहेको उनको भनाई छ ।

प्रकाशित : २५ आश्विन २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह