Logo

सेयर बजार

दोहोरो अंकले बढ्यो सेयर बजार, एक अर्ब ८४ लाखको कारोबार


GDP नेपाल
   ३० आश्विन २०८०, मंगलबार


मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से १३.१८ अंकले बढेर एक हजार ८६४.६२ विन्दुमा पुगेको छ ।

बैंकिङ १३, विकास बैंक ९, फाइनान्स २१, जलविद्युत् १५, जीवन बीमा ८८, उत्पादन १०, माइक्रोफाइनान्स २८ र अन्य उपसमूह ११ अंकले बढेको छ । त्यस्तै ब्यापार ३४, निर्जीवन बीमा ५१ र होटल तथा पर्यटन उपसमूह १३ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै एनआईबीएल प्रगति फन्डको सेयर झन्डै साढे ७ प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज हाथवे इन्भेस्टमेन्ट कम्पनीको सेयर साढे ८ प्रतिशतले घटेको छ ।

यस दिन ३८ लाख १३ हजार कित्ता सेयर एक अर्ब ८४ लाख रुपैयाँमा कारोबार भएको छ। सबैभन्दा धेरै हाथवे इन्भेस्टमेन्ट कम्पनीको ४ करोड ६२ लाख र श्वेतगंगा जलविद्युत् कम्पनीको ४ करोड ३३ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : ३० आश्विन २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह