Logo

मुख्य समाचार

सेयर बजारमा हरियाली, ४३ अंकले बढ्यो नेप्से


GDP नेपाल
   १ कार्तिक २०८०, बुधबार


बुधबार सेयर बजारमा हरियाली छाएको छ। सेयर बजार परिसूचक नेप्से ४३.२७ अंकले बढेर एक हजार ९०७.८९ विन्दुमा पुगेको छ ।

बैंकिङ २९, विकास बैंक ९८, फाइनान्स २३, जलविद्युत् ४९, जीवन बीमा २२१, उत्पादन ६९, माइक्रोफाइनान्स ७८, अन्य उपसमूह २४, ब्यापार ४९, निर्जीवन बीमा २७४ र होटल तथा पर्यटन उपसमूह १०२ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै आशा लघुवित्त र इन्फिनिटी लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज वीपीडब्ल्यू लघुवित्तको सेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ ।

यस दिन २८६ कम्पनीको ३७ लाख ७२ हजार कित्ता सेयर ९३ करोडमा कारोबार भएको छ । सबैभन्दा धेरै सानिमा जीआईसी इन्स्योरेन्सको चार करोड ४६ लाख रुपैयाँभन्दा धेरैको सेयर किनबेच भयो ।

प्रकाशित : १ कार्तिक २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह