Logo

मुख्य समाचार

२१ अंकले घट्यो सेयर बजार, ९७ करोडको कारोबार


GDP नेपाल
   १९ कार्तिक २०८०, आइतबार


आइतबार सेयर बजार २१ अंकले घटेको छ। सेयर बजार परिसूचक नेप्से २१.४६ अंकले घटेर एक हजार ८२६.२३ विन्दुमा पुगेको छ ।

आज होटल तथा पर्यटनबाहेक सबै उपसमूह राताम्मे भएको छ । आज सबैभन्दा धेरै हिमालय लघुवित्तको सेयर १० प्रतिशत र बाराही हाइड्रोपावरको सेयर आठ प्रतिशतले घटेको छ । यस्तै, समग्रमा बजार घटेपनि एनआईसी एसिया लघुवित्तको सेयर सात प्रतिशतले बढेको छ ।

यस दिन आज ३५ लाख ५८ हजार कित्ता सेयर ९७ करोड २३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नविल बैंकको प्रमोटर शेसेयर चार करोड ६० लाख रुपैयाँमा किनबेच भएको छ ।

प्रकाशित : १९ कार्तिक २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह