Logo

सेयर बजार

सेयर बजारमा हरियाली, नेप्से २१ अंकले बढ्यो


GDP नेपाल
   २० कार्तिक २०८०, सोमबार


सोमबार सेयर बजारमा हरियाली छाएको छ। सेयर बजार परिसूचक नेप्से २१.३० अंकले बढेर एक हजार ८४७.५४ विन्दुमा पुगेको छ ।

बैंकिङ ६, विकास बैंक ४२, फाइनान्स १३, होटल तथा पर्यटन १८१, जलविद्युत् २५, जीवन बीमा ११३, माइक्रोफाइनान्स ९, उत्पादन ६६, निर्जीवन बीमा २२१, व्यापार उपसमूह ६९ र अन्य उपसमहू २६ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै हाथवे इन्भेस्टमेन्ट नेपालको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज लक्ष्मी लघुवित्त र विन नेपाल लघुवित्तको सेयर चार प्रतिशतले घटेको छ ।

यसदिन २८३ कम्पनीको ३५ लाख ५५ हजार कित्ता सेयर ९३ करोड ८९ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सोल्टी होटलको छ करोड ४३ लाख र सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको पाँच करोड ६२ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : २० कार्तिक २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह