Logo

बिजनेस होम

पुस १२ देखि ‘आठौँ रियल इस्टेट एक्स्पो’ सुरु हुने


GDP नेपाल
   २१ कार्तिक २०८०, मंगलबार


पुस १२ गतेदेखि भृकुटीमण्डपमा आठौँ रियल इस्टेट एक्स्पो २०२३ सुरु हुने भएको छ । तीन दिन चल्ने यो एस्सपो नेपाल जग्गा तथा आवास विकास सङ्घले आयोजना गर्न लागेको हो ।

नेपाल जग्गा तथा आवास विकास महासङ्घ प्रवर्धक भई ललितपुर जग्गा तथा आवास विकास सङ्घ र भक्तपुर जग्गा तथा आवास विकास सङ्घको सह आयोजना र सिन्थेसिस एण्ड इभेन्ट्स प्रालिको व्यवस्थापनमा यो ८औँ एक्स्पो आयोजना हुन लागेको हो । सो एक्स्पो करिब एक लाख भन्दा बढी दर्शहरुले अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ ।

रियल इस्टेट क्षेत्रका विकासकर्ता र उपभोक्ताहरूबीच एकै स्थलको भेटघाट बिन्दु रहने यो एक्स्पोमा विकासकर्ताहरूले आफ्ना नयाँ उत्पादनहरू प्रदर्शन गर्नेछन् । यस्तै, उपभोक्ताहरूले नेपालको आवास तथा जग्गा विकास सम्बन्धी समग्र व्यावसायिक पक्षहरु बारे पर्याप्त जानकारी प्राप्त गर्नेछन् भन्ने सङ्घको विश्वास रहेको छ ।

नेपालमा घरजग्गा बजार र घर खरिदकर्ताहरूलाई लक्षित गरी सञ्चालन गर्न लागिएको यस एक्स्पोमा रियल इस्टेट क्षेत्रका सम्पूर्ण कम्पनीहरूसहित राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रदर्शकहरू समेतको सहभागिता रहनेछ । आयोजकका अनुसार एक्स्पोमा व्यावसायिक र व्यापारिक सम्पत्ति, वास्तुकला, निर्माण, भवन, इन्जिनियरिङ, बैंकिङ र बीमालगाएतका कम्पनीहरुको सहभागिता रहनेछ ।

त्यस्तै, एक्स्पोमा अपार्टमेन्ट र टाउन हाउस कम्प्लेक्स, घडेरी जग्गा, बत्ती तथा विद्युतीय फिक्स्चर, फर्निचर र फर्निसिङ, सिरेमिक, फोहोर व्यवस्थापन, घर जग्गा एजेन्ट, निर्माण सामग्री आपूर्तिकर्ता र वितरक, निर्माण उपकरण तथा सेवाहरु उपलब्ध गराइनेछ ।

मुख्यतः यो एक्स्पो जग्गा तथा भवन विकासकर्ता, जग्गा तथा घर खरीदकर्ता, लगानीकर्ता, उपभोक्ता, घर जग्गा एजेन्ट, इन्जिनियर, आर्किटेक्ट, टाउन प्लानर, इन्टेरियर डिजाइनर, प्रबलीकरण तथा पुनः निर्माण सम्बन्धी डिजाइनर र निर्माण सामग्री आपूर्तिकर्ताको समेत सहभागिता हुनेछ । यस्तै वितरकहरूका साथै निर्माण उपकरण उत्पादक एवं डिलर, प्लम्बर, इलेक्ट्रिशियन तथा लाईटिङ व्यवसायीहरू र अन्य सेवाप्र्दायक समेत एक्स्पोमा सहभागी हुनेछन् । साथै रियल इस्टेट क्षेत्रका महत्त्वपूर्ण सरोकारवालाहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।

प्रकाशित : २१ कार्तिक २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह