Logo

बिजनेस होम

भूकम्प प्रभावितको घाउमा मल्हम लगाउँदै चौधरी फाउण्डेसन, ५० परिवारलाई ‘ट्रान्जिसनल होम’


gdpnepal
   २१ कार्तिक २०८०, मंगलबार


काठमाडौं । चौधरी फाउण्डेसनले भूकम्प प्रभावितहरूका लागि ‘ट्रान्जिसनल होम’ निर्माण गर्ने भएको छ । फाउण्डेसनले पहिलो चरणमा ‘ट्रान्जिसनल होम’ निर्माणको काम पश्चिम रूकुमको चौर जहारी नगरपालिकाबाट गर्ने भएको हो ।

मंगलबार चौधरी फाउण्डेसनका प्रतिनिधि र नगरपालिकाका मेयर पुष्प वादीवीच उक्त नगरभित्र भूकम्पले घर भत्किएका ५० परिवारका लागि यथासम्भव छिटो ‘ट्रान्जिसनल होम’ निर्माण गर्ने सहमति भएको छ ।

स्थानीय प्रशासन÷ स्थानीय पालिकाहरूसँगको समन्वयमा ‘ट्रान्जिसनल होम’हरू निर्माण गरिने फाउन्डेसनले जनाएको छ । यस्ता ‘ट्रान्जिसनल होम’ निर्माणका लागि आवस्यक पर्ने वित्तिय सहयोग चौधरी फाउण्डेसनले गर्नेछ भने स्थानीय निकायले सेल्टर निर्माणका लागि आवस्यक पर्ने जमिन र स्थानीय तहमै उपलब्ध सामान एवं श्रमको व्यवस्थापन गर्नेछन् ।

यस्तो सहकार्यले छोटो समयमा ‘ट्रान्जिसनल होम’हरू निर्माण गर्न सकिने र प्रभावितहरूले ओत पाउने विश्वास चौधरी फाउण्डेसनको छ ।

उक्त सहमतिपछि मेयर वादीले भने– ‘भूकम्पबाट घर भत्किएका परिवारलाई जतिसक्यो छिटो ओतमा पु¥याउनु हाम्रो जिम्मेवारी हो । यो जिम्मेवारी लिन चौधरी फाउण्डेसन आफै हाम्रो आँगनमा आइपुगेको छ । हामीवीच ‘ट्रान्जिसनल होम’ बनाउने सहमति भएको छ । र, छिटोभन्दाछिटो काम शुरू गर्न हामी प्रतिवद्ध छौँ ।’

हाल फाउण्डेसनको उच्चस्तरीय टिम जाजरकोट र रुकुम पुगि भूकम्प प्रभावितका लागि तत्काल अत्यावश्यक राहत सामग्री वितरण गरिरहेको छ । फाउण्डेसनले जाजरकोट र रूकुमका विभिन्न वस्तीका भूकम्प प्रभावितका लागि स्थानीय प्रशासनसँगको समन्वयमा राहत वितरण गरेको हो । चौधरी फाउण्डेसनले खाद्यान्न, त्रिपाल, ब्ल्याङ्केट र औषधीहरू भूकम्प प्रभावित क्षेत्रमा पु¥याएको छ । फाउण्डेसनको टिम प्रभावित क्षेत्रमै रहेर तत्काल आवस्यक पर्ने राहत व्यवस्थापन गरिरहेको छ र राहत वितरण कार्य जारी रहने जनाएको छ ।

‘भूकम्पका कारण जाजरकोट, पश्चिम रूकुम र कर्णाली प्रदेशका अन्य जिल्लाका नागरिकको जीवन यतिखेर कष्टकर बनेको छ । उहाँहरूको पीडामा मल्हम लगाउने काममा हामीले कत्तिपनि विलम्ब गर्नु हुदैन,’ चौधरी फाउण्डेसनका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरी भन्छन्, “यही मर्मलाई आत्मसात गर्दै चौधरी फाउण्डेसनले तत्काल राहतका कार्यक्रमलाई जारी राख्दै भूकम्पले घरविहिन बन्नु भएका महानुभावका लागि चिसोबाट जोगाउन छानोमुनि फर्काउने कामलाई पनि तिब्रता दिने निर्णय लिएको छ । यस जिम्मेवारी वहनका लागि हाम्रो फाउण्डेसनको टिम प्रभावित क्षेत्रमा पुगेर काम शुरू गरिसकेको छ ।’

मानवीय सेवाको यस्तो कार्यमा सबैले हातेमालो गर्न र सहकार्य गर्न पनि अध्यक्ष चौधरीले आव्हान पनि गरेका छन् ।

चौधरी फाउण्डेसनले गोर्खा केन्द्रविन्दू रहेको २०७२ सालको महाभूकम्पबाट प्रभावितहरूका लागि करिव तीन हजार ‘ट्रान्जिसनल होम’ निर्माण गरि हस्तान्तरण गरेको थियो । साथै, सिन्धुपाल्चोकको गिरानचौरका भूकम्प पीडित ६२ परिवारका लागि पक्की घर निर्माण गरि हस्तान्तरण गरेको थियो ।

भूकम्प प्रभावितका लागि २०७२ सालमा चौधरी फाउण्डेसनबाट सम्पादन भएको सफल कार्यक्रमको अनुभवले अहिलेको भूकम्प पीडितको सेवामा जुट्न हामीलाई सहज हुने विश्वास लिएको चौधरी ग्रुपका कर्पोरेट कम्युनिकेसन/पब्लिक रिलेसन महाप्रबन्धक मधुसूदन पौड्यालले बताए ।

प्रकाशित : २१ कार्तिक २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह