Logo

सेयर बजार

दोहोरो अंकले बढ्यो सेयर बजार, ९९ करोडको कारोबार


GDP नेपाल
   २१ कार्तिक २०८०, मंगलबार


मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से ११.२२ अंकले बढेर एक हजार ८५८.७६ विन्दुमा पुगेको छ ।

बैंकिङ २, विकास बैंक १५, फाइनान्स १९, होटल तथा पर्यटन ४०, जलविद्युत् ७, जीवन बीमा ११३, माइक्रोफाइनान्स २१, उत्पादन ४७, व्यापार उपसमूह २० र अन्य उपसमहू १८ अंकले बढेको छ । यस्तै, निर्जीवन बीमा उपसमूह १७ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै लक्ष्मी लघुवित्त वित्तिय संस्थाको सेयर ८ प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि स्वाभिमान लघुवित्तको सेयर झण्डै साढे आठ प्रतिशतले घटेको छ ।

यसदिन २८५ कम्पनीको ४३ लाख ३१ हजार कित्ता सेयर ९९ करोड ६५ लाख रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : २१ कार्तिक २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह