Logo

सेयर बजार

सामान्य अंकले बढ्यो सेयर बजार, ७८ करोडको कारोबार


GDP नेपाल
   २२ कार्तिक २०८०, बुधबार


बुधबार सेयर बजार सामान्य अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से ५.१७ अंकले बढेर एक हजार ८६३.९४ विन्दुमा पुगेको छ ।

बैंकिङ २, फाइनान्स ५, जलविद्युत् १२, जीवन बीमा ५०, माइक्रोफाइनान्स ८, उत्पादन ५७, व्यापार उपसमूह ५ र अन्य उपसमहू १० अंकले बढेको छ । यस्तै, निर्जीवन बीमा उपसमूह २२, विकास बैंक १३ र होटल तथा पर्यटन ३३ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै ग्लोबल आईएमई लघुवित्तको सेयर आठ प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज कर्पोरेट विकास बैंकको सेयर साढे छ प्रतिशतले घटेको छ ।

यस दिन २८८ कम्पनीको ३१ लाख ५७ हजार कित्ता सेयर ७८ करोड २७ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको पाँच करोड ६१ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

 

प्रकाशित : २२ कार्तिक २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह