Logo

मुख्य समाचार

झिनो अंकले बढ्यो सेयर बजार, एक अर्बको कारोबार


GDP नेपाल
   ४ मंसिर २०८०, सोमबार


सोमबार सेयर बजार झिनो अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से १.३९ अंकले बढेर एक हजार ८५३.४८ विन्दुमा पुगेको छ ।

बैंकिङ २, विकास बैंक ४४, फाइनान्स ५, जलविद्युत् ६, जीवन बीमा ९४, व्यापार उपसमूह ३७ र निर्जीवन बीमा उपसमूह ७१ अंकले बढेको छ । यस्तै, माइक्रोफाइनान्स ४८, उत्पादन ९५, अन्य १ र होटल तथा पर्यटन उपसमूह ९१ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै ग्लोबल आइएमई लघुवित्त र कर्णली डेभलपमेन्ट बैंकको सेयर झण्डै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि फर्वाड माइक्रोफाइनान्स लघुवित्त, सयपत्री हाइड्रोपावर र माथिल्लो मैलुङ खोला जलविद्युतको सेयर १० प्रतिशतले घटेको छ ।

यस दिन २८४ कम्पनीको ३३ लाख १९ हजार कित्ता एक अर्ब ९ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : ४ मंसिर २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह