Logo

मुख्य समाचार

दोहोरो अंकले घट्यो सेयर बजार, एक अर्ब ७५ करोडको कारोबार


GDP नेपाल
   ११ मंसिर २०८०, सोमबार


सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से ११.२७ अंकले घटेर एक हजार ८९६.६७ विन्दुमा पुगेको छ ।

बैंकिङ १, विकास बैंक ७, फाइनान्स १३, जलविद्युत् १६, जीवन बीमा ९४, माइक्रोफाइनान्स २७, निर्जीवन बीमा ५४, उत्पादन ४० र अन्य उपसमूह १ अंकले घटेको छ । यस्तै, होटल तथा पर्यटन १२ र व्यापार उपसमूह १० अंकले बढेको छ ।

आज सबैभन्दा धेरै स्वाभिमान लघुवित्त वित्तिय संस्थाको सेयर ८ प्रतिशत भन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि आज अपर स्याङगे हाइड्रोपावरको सेयर भने १० प्रतिशतले बढेको छ ।

यसदिन २९० कम्पनीको ६० लाख १७ हजार कित्ता सेयस एक अर्ब ७५ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : ११ मंसिर २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह