Logo

मुख्य समाचार

सामान्य अंकले घट्यो सेयर बजार, एक अर्ब २८ करोडको कारोबार


GDP नेपाल
   १२ मंसिर २०८०, मंगलबार


मंगलबार सेयर बजार सामान्य अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से २.१७ अंकले घटेर एक हजार ८९४.५३ विन्दुमा पुगेको छ ।

बैंकिङ ६, विकास बैंक १९, जीवन बीमा ७, माइक्रोफाइनान्स १९, निर्जीवन बीमा २, व्यापार २७ र अन्य उपसमूह २ अंकले घटेको छ । यस्तै, फाइनान्स ५, जलविद्युत् ३, होटल तथा पर्यटन १६९ र उत्पादन ३३ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै नारायणी विकास बैंकको सेयर झन्डै साढे पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज बुद्धभूमि जलविद्युत् कम्पनीको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन २९० कम्पनीको ४७ लाख २७ हजार कित्ता सेयर एक अर्ब २८ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको आठ करोड ४९ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : १२ मंसिर २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह