Logo

सेयर बजार

सेयर बजारमा १७ अंकको गिरावट, एक अर्बको कारोबार


GDP नेपाल
   १३ मंसिर २०८०, बुधबार


बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से १७.९३ अंकले घटेर एक हजार ८७६.६० विन्दुमा पुगेको छ ।

बैंकिङ ८, विकास बैंक ४६, फाइनान्स २१, होटल तथा पर्यटन ५५, जलविद्युत् २८, जीवन बीमा १५९, माइक्रोफाइनान्स ८, निर्जीवन बीमा १५४, उत्पादन १०६ र व्यापार उपसमूह २९ अंकले घटेको छ । यस्तै, अन्य उपसमूह २ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै बुद्धभूमी नेपाल हाइड्रोको सेयर झण्डै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज विजय लघुवित्त वित्तिय संस्थाको सेयर ९.८८ प्रतिशतले बढेको छ ।

यसदिन २८५ कम्पनीको ३३ लाख ५९ हजार कित्ता सेयर एक अर्ब एक करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : १३ मंसिर २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह