Logo

मुख्य समाचार

१८ अंकले घट्यो सेयर बजार, एक अर्ब ३२ करोडको कारोबार


GDP नेपाल
   १४ मंसिर २०८०, बिहिबार


बिहिबार सेयर बजार १८ अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से १८.०६ अंकले घटेर एक हजार ८५८.५३ विन्दुमा पुगेको छ ।

बैंकिङ १०, विकास बैंक २१, फाइनान्स २६, होटल तथा पर्यटन ८१, जलविद्युत् ३४, जीवन बीमा १००, माइक्रोफाइनान्स २१, निर्जीवन बीमा ६५, उत्पादन ३८, व्यापार ९ र अन्य उपसमूह ७ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै विजय लघुवित्त, माउन्टेन इनर्जी र युनाइटेड इदी मर्दीको मूल्य १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज रुरु जलविद्युत् आयोजनाको मूल्य ५ प्रतिशत भन्दा धेरैले बढेको छ ।

यसदिन २८९ कम्पनीको ४५ लाख ९५ हजार कित्ता सेयर एक अर्ब ३२ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : १४ मंसिर २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह