Logo

मुख्य समाचार

७ अंकले घट्यो सेयर बजार, ९६ करोडको कारोबार


GDP नेपाल
   १७ मंसिर २०८०, आइतबार


आइतबार सेयर बजार सामान्य अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से ७.२९ अंकले घटेर एक हजार ८५१.२३ विन्दुमा पुगेको छ ।

बैंकिङ ५, विकास बैंक १६, फाइनान्स ९, होटल तथा पर्यटन २७, जलविद्युत् ८, जीवन बीमा २५, निर्जीवन बीमा ४२, उत्पादन ११, व्यापार १२ र अन्य उपसमूह ७ अंकले घटेको छ । यस्तै, माइक्रोफाइनान्स उपसमूह २ अंकले बढेको छ ।

आज माउन्टेन इनर्जी नेपाल, युनाइटेड आईडीआई मर्दी र एनआरएन इन्फ्रस्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको सेयर झन्डै १० प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि आज थ्री स्टार हाइड्रोपावरको सेयर साढे ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यस दिन २९३ कम्पनीको ३४ लाख १९ हजार कित्ता सेयर ९६ करोड ४० लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको ६ करोड ९५ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : १७ मंसिर २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह