Logo

सेयर बजार

दोहोरो अंकले घट्यो सेयर बजार, १ अर्ब ५४ करोडको कारोबार


GDP नेपाल
   १९ मंसिर २०८०, मंगलबार


मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से १०.१० अंकले घटेर एक हजार ८३७.७१ विन्दुमा पुगेको छ ।

बैंकिङ २, विकास बैंक १५, फाइनान्स १३, होटल तथा पर्यटन ८७, जलविद्युत् ११, उत्पादन १२४, माइक्रोफाइनान्स २९, निर्जीवन बीमा ४२, अन्य ७ र ब्यापार उपसमूह ३० अंकले घटेको छ । त्यस्तै, जीवन बीमा उपसमूह १६ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै विशाल बजार कम्पनीको सेयर साढे ९ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज सिङ्गटी हाइड्रो इनर्जीको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन २९२ कम्पनीको ४६ लाख ९८ हजार कित्ता सेयर १ अर्ब ५४ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै माउन्टेन इनर्जी नेपालको ३६ करोड २९ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : १९ मंसिर २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह