काठमाडौं । एनसेलले कम्पनीको ८०% सेयर बिक्रीका सम्बन्धमा नियामकीय निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई जानकारी गराएको छ ।
पत्रमा यस कम्पनीको शेयरधनी रेनोल्ड होल्डिङ लिमिटेडको शतप्रतिशत शेयर खरिद विक्री गर्ने सम्बन्धमा आजिएटा युके र स्पेक्ट्रलाइट युके लिमिटेडका बीच शेयर खरिद विक्री सम्झौता भएको र यससम्बन्धी कागजातहरु तदारुकताका साथ सम्बन्धित पक्षहरुबाट संकलनको क्रममा रहेको जनाइएको छ ।
पत्रमा नेपालको प्रचलित नियमावली र विनियमावलीका प्रावधानहरुको पूर्ण परिपालना गर्न एनसेल आजिएटा लिमिटेड प्रतिवद्ध रहेको जनाइएको छ ।
प्रतिक्रिया