Logo

सेयर बजार

सेयर बजारमा सामान्य वृद्धि, एक अर्ब १४ करोडको कारोबार


GDP नेपाल
   २० मंसिर २०८०, बुधबार


बुधबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । सेयर बजार परिसूचक नेप्से ३.३३ अंकले बढेर एक हजार ८४१.०४ विन्दुमा पुगेको छ ।

विकास बैंक ३, माइक्रोफाइनान्स १६, निर्जीवन बीमा ७८, जीवन बीमा उपसमूह १२५, अन्य ६ र ब्यापार उपसमूह ११ अंकले बढेको छ । त्यस्तै, बैंकिङ १, फाइनान्स ३, होटल तथा पर्यटन १९, जलविद्युत् १ र उत्पादन उपसमूह ३३ घटेको छ ।

आज सबैभन्दा धेरै ग्लोबल आइएमइ लघुवित्तको सेयर १० प्रतिशतले बढेरको छ । समग्रमा बजार बढे पनि आज सिंगटी हाइड्रोको सेयर नौ प्रतिशत भन्दा धेरैले घटेको छ ।

यस दिन २९३ कम्पनीको ३७ लाख ५५ हजार कित्ता सेयर एक अर्ब १४ करोड रुपैयाँमा भएको छ । आज सबैभन्दा धेरै रिलायवल नेपाल लाइफ इन्स्योरेन्सको सात करोड ३४ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : २० मंसिर २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह