Logo

बिजनेस होम

एनसेलको सेयर किनबेचबारे जानकारी नभएको कम्पनी रजिष्ट्रारको प्रष्टोक्ति


gdpnepal
   २० मंसिर २०८०, बुधबार


काठमाडौं । कम्पनी रजिष्ट्रार कार्यालयले पनि एनसेलको सेयर बिक्री सम्बन्धमा कुनै जानकारी नभएको प्रष्ट पारेको छ ।

मंसिर १३ गते भएको एनसेलको सेयर कारोबारको सम्बन्धमा आफूलाई केही जानकारी हुन नआएको कम्पनी रजिष्ट्रारको कार्यालयले बताएको छ।

संघीय संसदको सार्वजनिक लेखा समितिले सोधेको प्रश्नको लिखित जवाफ पठाउँदै कार्यालयले एनसेलको ८० प्रतिशत सेयर रेनोल्ड्स होल्डिङ लिमिटेडकै नाउँमा रहेको स्पष्ट पारेको छ ।

सेयर खरीदबिक्री सम्बन्धी कुनै सूचना नदिएको र नामसारीको प्रक्रिया सुरु नगरेका कारण कार्यालयले यो मामिलामा अनभिज्ञता जनाएको हो ।

समितिले एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा आन्तरिक राजस्व विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई यथाशीघ्र जवाफ फर्काउन निर्देशन दिएको थियो।

प्रकाशित : २० मंसिर २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह