Logo

बिजनेस होम

एनसेलबारे निर्वाण चौधरी: नेपालीले टेलिकमका माफिया र संगठनलाई चिन्न पाएका छन् !


gdpnepal
   २१ मंसिर २०८०, बिहिबार


काठमाडौँ । चौधरी समूहका प्रवन्ध निर्देशक युवा उद्यमी निर्वाण चौधरीले एनसेल प्रकरणबारे प्रतिक्रिया दिँदै नेपालीले टेलिकमका माफिया र संगठनलाई चिन्न पाएको टिप्पणी गरेका छन् ।

सीजी टेलिकमले उपभोक्तालाई भ्वाईस र एसएमएस निःशुल्क उपलब्ध गराउने र ५० प्रतिशत सस्तोमा डाटा उपलब्ध गराउने वाचा गर्दा पनि किन नेपाली कम्पनीलाई स्विकृती दिइएन भन्ने कुराको अब पटाक्षेप हुदै गरेको उनको भनाइ छ ।

“हेर्दै जाऔँ, अरु के के देख्न पाईने हो !?” सामाजिक सञ्जालमा उनले लेखेका छन्, “एनसेल काण्डमा तिनै पात्रहरू संलग्न छन् जसले १० बर्षदेखि नेपाली टेलिकमलाई नेपालमा स्थापित हुन दिएनन् ।”

चौधरी अगाडि लेख्छन्, “आज जे भएको छ यहि गर्नका लागि सीजी टेलिकमलाई यिनीहरू सबै मिलेर रोकेका हुन् । देशमा अहिले ‘त कुटेजस्तो गर म रोएजस्तो गर्छु’ नामक सिनेमा चलिरहेको छ ।”

प्रकाशित : २१ मंसिर २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह