Logo

मुख्य समाचार

११ अंकले बढ्यो सेयर बजार, २ अर्ब ७९ करोडको कारोबार


GDP नेपाल
   २१ मंसिर २०८०, बिहिबार


बिहिबार सेयर बजारमा दोहोरो अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से ११.७३ अंकले बढेर एक हजार ८५२.७७ विन्दुमा पुगेको छ ।

बैंकिङ ६, विकास बैंक २०, फाइनान्स ११, होटल तथा पर्यटन ३२, जलविद्युत् २०, जीवन बीमा ८, माइक्रोफाइनान्स २, निर्जीवन बीमा २०९, उत्पादन ३१ र अन्य उपसमहू १ अंकले बढेको छ । यस्तै, आज व्यापार उपसमूह १३ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै त्रिशूली जलविद्युत् कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज ग्लोबल आईएमई लघुवित्तको सेयर साढे ७ प्रतिशतभन्दा धेरैले घटेको छ ।

यसदिन २९९ कम्पनीको ९५ लाख कित्ता सेयर २ अर्ब ७९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल रिइन्सुरेन्स कम्पनीको ८६ करोड ८३ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : २१ मंसिर २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह