Logo

मुख्य समाचार

दोहोरो अंकले घट्यो सेयर बजार, ४ अर्ब ८४ करोडको कारोबार


GDP नेपाल
   २५ मंसिर २०८०, सोमबार


सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से १५.४० अंकले घटेर एक हजार ९४८.५७ विन्दुमा पुगेको छ ।

बैंकिङ १५, विकास बैंक ८०, फाइनान्स २२, होटल तथा पर्यटन ७६, जीवन बीमा ७९, जलविद्युत् १४, अन्य १७ र ब्यापार उपसमूह ३१ अंकले घटेको छ । यस्तै, उत्पादन १३, माइक्रोफाइनान्स १५ र निर्जीवन बीमा उपसमूह १४६ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै समता घरेलु लघुवित्तको सेयर ७ प्रतिशत भन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेपनि आज बोट्लर्स नेपाल बालाजु, सामुदायीक लघुवित्त वित्तिय संस्था र दोल्ती पावर कम्पनीको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन ३०३ कम्पनीको एक करोड ४६ लाख कित्ता सेयर ४ अर्ब ८४ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : २५ मंसिर २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह