Logo

मुख्य समाचार

सेयर बजारमा हरियाली, ४ अर्ब ३० करोडको कारोबार


GDP नेपाल
   २६ मंसिर २०८०, मंगलबार


मंगलबार सेयर बजारमा हरियाली छाएको छ । सेयर बजार परिसूचक नेप्से ३६.८६ अंकले बढेर एक हजार ९८५.४४ विन्दुमा पुगेको छ ।

बैंकिङ २, विकास बैंक ६५, फाइनान्स ५५, होटल तथा पर्यटन २२८, जलविद्युत् ६९, जीवन बीमा ३३३, उत्पादन १२३, माइक्रोफाइनान्स ५३, निर्जीवन बीमा २५६, अन्य ३८ र व्यापार ६० अंकले बढेको छ ।

आज बोटलर्स नेपाल, धौलागिरि लघुवित्त, नेपाल रिपब्लिक मिडिया, सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज सीवाईसी नेपाल लघुवित्तको सेयर ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

यस दिन २९७ कम्पनीको १ करोड २४ लाख कित्ता सेयर ४ अर्ब ३० करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको १८ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : २६ मंसिर २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह