Logo

मुख्य समाचार

सेयर बजारमा हरियाली, झण्डै ४६ अंकले बढ्यो नेप्से


GDP नेपाल
   ३ पुस २०८०, मंगलबार


मंगलबार सेयर बजारमा हरियाली छाएको छ । सेयर बजार परिसूचक नेप्से ४५.९८ अंकले बढेर दुई हजार १०६.४८ विन्दुमा पुगेको छ ।

बैंकिङ २९, विकास बैंक ५७, फाइनान्स ७, होटल तथा पर्यटन २९५, जलविद्युत् १८, जीवन बीमा ३५०, उत्पादन २५३, माइक्रोफाइनान्स ५८, निर्जीवन बीमा २२८, अन्य १४ र व्यापार २९ अंकले बढेको छ ।

आज बोटलर्स नेपाल, मेरो माइक्रोफाइनान्स वित्तिय संस्था, उन्नती सहकार्य लघुवित्त, सिवम् सिमेन्ट, नेपाल रिपब्लिक मिडिया, घोराही सिमेन्ट, हाथवे इनभेष्टमेन्ट, मिड सोलु हाइड्रोपावर र सोनापुर मिनिरल्सको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्केम २ को सेयर ७ प्रतिशत भन्दा धेरैले घटेको छ ।

यस दिन ३१२ कम्पनीको एक करोड ६४ लाख कित्ता सेयर ५ अर्ब ९८ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : ३ पुस २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह