बुधबार सेयर बजार परिसूचक नेप्से ३५.३९ अंकले बढेर दुई हजार १४१.८७ विन्दुमा पुगेको छ ।
बैंकिङ ७, विकास बैंक ६, फाइनान्स १३, जलविद्युत् ४५, जीवन बीमा २३१, उत्पादन ४००, माइक्रोफाइनान्स ३५, अन्य १५ र व्यापार १७९ अंकले बढेको छ । त्यस्तै, होटल तथा पर्यटन ११५ र निर्जीवन बीमा उपसमूह १० अंकले घटेको छ ।
आज बोटलर्स नेपाल, हिमालयन डिस्टिलरी, फरवार्ड माइक्रोफाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, लिबर्टी इनर्जी, युनाइटेड इदी मर्दी, बलेफी हाइड्रो, बीपी डब्लू लघुवित्त, नेपाल रिपब्लिक मिडिया, थ्रीस्टार हाइड्रोपावर, हाथवे इन्भेस्टमेन्ट, मिड सोलु हाइड्रोपावर, सोनापुर सिमेन्ट, मुक्तिनाथ कृषि कम्पनी र हिमालयन हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज सबैभन्दा धेरै कुमारी दीघार्यु बचत योजनाको सेयर झन्डै चार प्रतिशतले घटेको छ ।
यस दिन ३०६ कम्पनीको एक करोड ९९ लाख कित्ता सेयर सात अर्ब ९५ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको ३७ करोड ३४ लाख र सोल्टी होटलको २४ करोड ५३ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।










प्रतिक्रिया