Logo

घुमफिर

चन्द्रागिरीको सुन्दरतामा श्रीलङ्काली परराष्ट्रमन्त्री मोहित, सेल्फी खिच्दै रमाए


gdpnepal
   ६ पुस २०८०, शुक्रबार


काठमाडौं । नेपाल भ्रमणमा रहेका श्रीलङ्काका परराष्ट्रमन्त्री मोहम्मद उभियास मोहम्मद अली साब्री पर्यटकीय गन्तव्य चन्द्रागिरी पुगेका छन् ।

शुक्रबार अपरान्ह चन्द्रागिरी पुगेका परराष्ट्रमन्त्री साब्रीलाई चद्रागिरी हिल्सका अध्यक्ष हेमराज ढकालले स्वागत गरेका छन् ।

अध्यक्ष ढकालले मन्त्री साब्रीलाई त्यहाँको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्वका बारेमा जानकारी गराए ।

चद्रागिरी हिल्सका निमित्त महाप्रबन्धक श्याम तण्डुकारका अनुसार परराष्ट्रमन्त्री साब्री खुलेको आकाश लहरै देखिएका सुन्दर हिमालका दृश्यले निकै मोहित भएका विदेशमन्त्री साब्री बिभिन्न स्थानमा सेल्फी खिच्दै रमाएका थिए ।

चन्द्रागिरि हिल्स दक्षिण एशियाकै एक महवपूर्ण पर्यटकीय र धार्मिक गन्तव्यका रुपमा विकास भइरहेको छ । सो हिल्समा केबलकार चढेर यसअघि पनि विभिन्न देशका सरकारप्रमुख तथा राष्ट्राध्यक्षका साथै अन्तर्राष्ट्रिय व्यक्तित्वहरु पुगिसकेका छन् ।

यसअघि यहाँ चिनियाँ विदेश मन्त्री वाङ यी पनि पुगेका थिए भने उनले त्यहाँबाट केही तलसम्म ट्रेकिङ पनि गरेका थिए ।

प्रकाशित : ६ पुस २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह