Logo

मुख्य समाचार

२१ अंकले घट्यो सेयर बजार, सात अर्ब ११ करोडको कारोबार


GDP नेपाल
   ८ पुस २०८०, आइतबार


आइतबार सेयर बजार परिसूचक नेप्से २१.०३ अंकले घटेर दुई हजार ०८८.०७ विन्दुमा पुगेको छ ।

बैंकिङ १९, विकास बैंक ५६, फाइनान्स ३०, माइक्रोफाइनान्स ५२, होटल तथा पर्यटन ८५, उत्पादन १६९ र व्यापार उपसमूह ९५ अंकले घटेको छ । यस्तै, जलविद्युत् २, जीवन बीमा ६०, अन्य १५ र निर्जीवन बीमा उपसमूह ६३ अंकले बढेको छ ।

आज ज्योती विकास बेंक बन्ड २०८७ र पाल रिपब्लिक मिडियाको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि बोटलर्स नेपाल बालाजु, कालिका पावर, सामलिङ पावर, बीपीडब्लू लघुवित्त, चिरख्वाखोला हाइड्रोपावर, मुक्तिनाथ कृषि कम्पनी, सूर्याज्योति लाइफ, अपरसोलु हाइड्रो, भिजन लुम्बिनी ऊर्जा, नेपाल वेयरहाउजिङ कम्पनी, माइखोला हाइड्रोपावर, मैलुङखोला जलविद्युत् कम्पनी र सयपत्री हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढेको छ ।

यस दिन ३०९ कम्पनीको एक करोड ८५ लाख कित्ता सेयर सात अर्ब ११ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको ३० करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : ८ पुस २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह