Logo

मुख्य समाचार

१७ अंकले घट्यो सेयर बजार, ५ अर्ब २४ करोडको कारोबार


GDP नेपाल
   ११ पुस २०८०, बुधबार


बुधबार सेयर बजार परिसूचक नेप्से १७.२३ अंकले घटेर दुई हजार ०७०.८४ विन्दुमा पुगेको छ ।

बैंकिङ १०, विकास बैंक १२, फाइनान्स १३, माइक्रोफाइनान्स ४५, होटल तथा पर्यटन ८८, उत्पादन ११०, व्यापार उपसमूह ६९, जलविद्युत् ०.६८, जीवन बीमा १२६ र अन्य उपसमूह २० अंकले घटेको छ । त्यस्तै, निर्जीवन बीमा उपसमूह १३१ अंकले बढेको छ ।

आज बीपीडब्ल्यू लघुवित्त र हिमालयन हाइड्रोपावरको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि नेपाल इन्स्योरेन्स, ईन्फिनीटी लघुवित्त, मनकामना इन्जीनियरिङ हाइड्रोपावर र चिरख्वाखोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढेको छ ।

यस दिन ३०७ कम्पनीको एक करोड ४३ लाख कित्ता सेयर ५ अर्ब २४ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : ११ पुस २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह