Logo

मुख्य समाचार

सामान्य अंकले घट्यो सेयर बजार, ४ अर्ब २९ करोडको कारोबार


GDP नेपाल
   १२ पुस २०८०, बिहिबार


बुधबार सेयर बजार परिसूचक नेप्से १.९३ अंकले घटेर दुई हजार ०६८.९० विन्दुमा पुगेको छ ।

बैंकिङ ६, विकास बैंक २९, फाइनान्स ५, माइक्रोफाइनान्स ८, व्यापार उपसमूह ४९, जलविद्युत् ६ र जीवन बीमा उपसमूह ४२ अंकले घटेको छ । त्यस्तै, अन्य १ निर्जीवन बीमा २६, होटल तथा पर्यटन ६३ र उत्पादन उपसमूह ७५ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै वीपीडब्ल्यू लघुवित्त र धौलागिरि लघुवित्तको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि भिजन लुम्बिनी ऊर्जा कम्पनी, चिरख्वा हाइड्रोपावर, हाथवे इन्भेस्टमेन्ट नेपाल, मनकामना इन्जिनियरिङ कम्पनी र मुक्तिनाथ कृषि कम्पनीको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन ३०३ कम्पनीको एक करोड १६ लाख कित्ता सेयर ४ अर्ब २९ करोड रुपैयाँमा कारोबार भएको छ ।सबैभन्दा धेरै सोनापुर मिनरल्स एण्ड आयल कम्पनीको १४ करोड ३८ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : १२ पुस २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह