Logo

सेयर बजार

२७ अंकले बढ्यो सेयर बजार, सबै उपसमूहमा हरियाली


GDP नेपाल
   १८ पुस २०८०, बुधबार


बुधबार सेयर बजार परिसूचक नेप्से २७.९० अंकले बढेर दुई हजार ०५८ विन्दुमा पुगेको छ ।

बैंकिङ ४, विकास बैंक ४३, फाइनान्स ३०, जलविद्युत् ७१, जीवन बीमा ८१, माइक्रोफाइनान्स २०, अन्य २३, होटल तथा पर्यटन १४७, निर्जीवन बीमा २२१, उत्पादन १२३ र व्यापार उपसमूह ५ अंकले बढेको छ ।

आज दिव्यश्वरी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, पिपुल्स हाइड्रोपावर, भगवती हाइड्रोपावर, सोनापुर सिमेन्ट, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी र पन्चकन्या माइ हाइड्रोको मूल्य १० प्रतिशत बढेको छ । समग्रमा बजार बढे पनि आज लक्ष्मी लघुवित्त वित्तिय संस्थाको सेयर ५ प्रतिशतले घटेको छ ।

यस दिन ३०६ कम्पनीको एक करोड कित्ता सेयर ४ अर्ब चार करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : १८ पुस २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह