Logo

सेयर बजार

सेयर बजार ८ अंकले घट्यो, ५ अर्ब ५८ करोडको कारोबार


GDP नेपाल
   १९ पुस २०८०, बिहिबार


बिहिबार सेयर बजार परिसूचक नेप्से ८.७१ अंकले घटेर दुई हजार ०४९.२८ विन्दुमा पुगेको छ ।

बैंकिङ ६, विकास बैंक ३२, फाइनान्स १६, होटल तथा पर्यटन २६, जीवन बीमा १३७, माइक्रोफाइनान्स ११, अन्य ५८, निर्जीवन बीमा १०४ र उत्पादन उपसमूह ३७ अंकले घटेको छ । त्यस्तै, व्यापार ६६ र जलविद्युत् उपसमूह ४४ अंकले बढेको छ ।

आज सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर सबैभन्दा बढी साढे पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि कालीका पावर कम्पनी, सिंगाटी हाइड्रो इनर्जी र नेपाल वेयरहाउजिङ कम्पनीको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन ३०३ कम्पनीको एक करोड ६० लाख कित्ता सेयर ५ अर्ब ५८ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : १९ पुस २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह