बुधबार सेयर बजार परिसूचक नेप्से ९.५० अंकले बढेर दुई हजार ०८९.६२ विन्दुमा पुगेको छ ।
आज बैंकिङ १३, उत्पादन ६६, माइक्रोफाइनान्स ३७, अन्य ३४ र ब्यापार समूह ०.५० प्रतिशतले बढेको छ । त्यस्तै, विकास बैंक १९, होटल तथा पर्यटन ४८, हाइड्रोपावर समूह ४८, फाइनान्स १, जीवन बीमा २८ र निर्जीवन बीमा १५ प्रतिशतले घटेको छ ।
आज सबैभन्दा धेरै मनकामना स्मार्ट लघुवित्त र हिमालयन रिइन्सुरेन्सको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज छिमेकी लघुवित्तको सेयर झण्डै ६ प्रतिशतले घटेको छ ।
यसदिन ३०१ कम्पनीको एक करोड ३४ लाख कित्ता सेयर ५ अर्ब १३ करोड रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया